हिन्दुखबर संवाददाता
अर्घाखाँची, २७ कात्तिक । ५ नम्वर प्रदेश प्रहरी प्रमुख पिताम्वर अधिकारीले साना तिना गुनासोलाई तत्काल सुनाई गरि कार्वाही प्रक्रिया अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले कहिले काही साना कुरा ख्याल नगर्दा ठुला ठुला दुर्घटना हुने गरेको बताउदै सर्तक रहन निर्देशन दिएका हुन ।
कार्यक्रममा बोल्ने अन्य बत्ताहरुले जिल्लामा समन्वयबाट अगाडी बढेकाले अप्रिय घटना नहुने गरेको बताएका थिए । यसरी मन्तव्य राख्नेहरुमा सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार विक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक नवराज मल्ल लगाएत रहेका थिए ।
प्रनाउ मल्लले जिल्लाको शान्तीसूरक्षा मजवुत बनाएको बताए । कार्यक्रममा प्रहरी परिचालन सुरक्षा निकायका प्रमुख, पुर्व प्रहरी, जेष्ठ नागरिक, नागरिक समाज एकल महिला, पत्रकार यातायात व्यवसायी लगाएतको उपस्थिती रहेको थियो ।
यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त जनज्योती कार्यक्रममा समेत अधिकारी सहभागि हुनुभएको थियो । साझेदारी कार्यक्रम जनता संग मिलेर काम गर्ने उदेश्यले प्रहरीले सञ्चालनमा ल्याएको हो ।
त्यस्तै प्रदेश प्रहरी प्रमुख अधिकारी जनज्योती मावि चुत्रावेशिमा सञ्चालन गरिएको ‘समुदाय—प्रहरी साझेदारी’ प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमममा पनि सहभागी भएका छन । उनले प्रहरी र विद्यालयको सम्बन्ध राम्रो हुनुपर्ने बताए ।