पर्सा २ (ख)बाट समानुपातिक प्रदेश सांसदमा पुरुषोत्तम दुबे सिफारिस

112

वीरगञ्ज, पर्सा । पर्सा क्षेत्र नं २ ख को क्षेत्रिय भेलाबाट समानुपातिक तर्फ प्रदेशसभा सदस्य पदमा नेपाल भारत मैत्री कार्यदल राष्ट्रिय महासचिव, विश्व ज्योतिष महासंघ एशिया उपसभापति एवम् नेपाली कांग्रेसका जिल्ला सदस्य ज्योतिष सम्राट पं पुरुषोत्तम दुबेलाई क्षेत्रिय भेलाबाट नाम सिफारिस भएको छ । धार्मिक अगुवाको रुपमा रहेका दुबेलाई नेपाली कांग्रेस पर्सा जिल्लाले पहिलो नाम सिफारिस गरेकोमा जिल्लाका सम्पूर्ण धर्मगुरुहमा उत्साह थपेको छ ।

धार्मिक क्षेत्रबाट पनि पहिलो चोटी नेपाली काँग्रेस पर्सा जिल्लाका यो सराह्रनीय कार्य भएको धार्मिक अगुवाहरुले बताएका छन् । पं दुबे विगत लामो समयदेखि नेपाली कांग्रेससँग आबद्ध भई पार्टीका लागि दिनरात खटिदै आएको कुरा सर्व विदितै छ । उनि पार्टीमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । नेपाली काँग्रेसका लागि मधेसमा सक्रिय भुमिका खेली पार्टीको संगठित बनाउनमा ठुलो योगदान रहेको छ ।