कांग्रेस अर्घाखाँचीको समिक्षा बैठक ११ गते ११ बजे बस्ने

186
FIle photo

घनश्याम पौडेल
अर्घाखाँची, ९ माघ । नेपाली काँग्रेस अर्घाखाँचीको समिक्षा बैठक बस्ने भएको छ । ओली सरकारको असम्वैधानिक कदमकाबिरुद्धमा माघ ८ गते जिल्लाका ६१ वटै वार्ड हरुमा बिरोधसभा सानदार रुपमा सम्पन्न भएको काँग्रेस अर्घाखाँचीले जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्ने पार्टीका साथीहरू, वार्ड समितिहरु, मिडिया कर्मी लगायत सबैलाई नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले धन्यवाद दिनुभएको छ ।

विरोध सभा तथा पार्टी प्रवेश कार्यक्रमको समिक्षा गर्न र आगामी योजना निर्माण गर्न माघ ११ गते बिहान ११ बजे विपी स्मृति भवन सन्धिखर्कमा बैठक आव्हान गरिएको सभापति मुस्कानले बताउँनुभयो ।

बैठकमा जिल्ला समिती, खटिएका महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, पालिका सभापति तथा संयोजकहरु,वार्डमा खटिएका जिल्ला प्रतिनिधिहरु, ६१ वटै वार्ड सभापतिहरु र प्रेस युनियनका पत्रकारहरु र जननिर्वाचित प्रतिनिधिहरुलाई उपस्थित हुन आग्रह गरिएको छ ।

सभापति मुस्कानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, वार्डमा खाटिएका जिल्ला प्रतिनिधिहरूले कार्यक्रमको उपस्तिथि, फोटो, वक्ताहरु र आफ्नो रायसुझाब लिखित रुपमा जिल्ला पार्टीमा पेस गर्नुपर्ने छ। जिल्लाबाट आएको निष्कर्ष र निर्णयप्रतिलिपी संलग्न गरेर १५ गते भित्रमा केन्द्रिय कार्यालयमा पठाइने काँग्रेस अर्घाखाँचीले जनाएको छ ।