प्रतिनिधि सभा विघटन गरेर हिटलरको बाटोमा ओली हिँडेको माधव नेपालको आरोप

184

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘हामीले केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्‍यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री केपी ओली तानशाह हिटलरको बाटोमा हिडेको आरोप लगाएका छन । अध्यक्ष नेपालले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेर हिटलरको बाटोमा ओली हिँडेको बताएका हुन् ।

उनले ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताए ।

Image may contain: one or more people, crowd and outdoor