महाकवि देवकोटा क्याम्पसमा साहित्य समाज गठन

319

बुटवल ।  विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले आज मिति २०७९÷०५÷२८ गतेका दिन यसै क्याम्पसको सभाहलमा देवकोटा साहित्य समाज गठन भएको छ । महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायका सबै वर्षमा अध्ययरत विद्यार्थीहरुको भेला गराइ साहित्य समाज गठन गरिएको थियो । भेलामा दुवै संकायमा अध्ययन गर्ने करिव १०० विद्यार्र्थीको सहभागिता रहेको थियो । भेलामा साहित्य समाजको गठन प्रक्रिया, काम, कर्तव्य र अधिकारको बारेमा शिक्षक हरिदत्त शर्माले स्पष्ट पार्नुभएको थियो । देवकोटा साहित्य समाजको कार्यविधि २०७९ निर्माण गरी सोहि कार्यविधिको आधारमा साहित्य समाज गठन गरिएको शिक्षक हरिदत्त शर्माले जानकारी दिनुभयोे । कार्यविधि अनुसार दुवै संकायको सबै वर्षमा अध्ययन गर्ने एक एक विद्यार्थी पर्ने गरी ९ सदस्यीय कार्यसमिति चयन गरिएको थियो । जस अन्तर्गत अध्यक्षमा हरिप्रसाद सुवेदी, उपाध्यक्षमा मनिषा कुँवर, सचिवमा ज्योति शर्मा, सहसचिवमा सागर बस्याल, कोषाध्यक्ष अन्तिमा न्यौपाने, सदस्यमा क्रमशः सङ्गम कोइराला, सिर्जना राय, कविता न्यौपाने र लक्ष्मी भट्टराई रहनु भएको थियो । क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी साहित्य समाजका साधारण सदस्य रहने व्यवस्था कार्यविधिमा उल्लेख गरिएकोे छ ।