सडकमा उर्लिएको जनसागरलाई अदालतले पनि देख्यो होलाः प्रचण्ड

473

काठमाडौं, ९ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई बर्बाद पार्न कसैले पनि भूमिका खेल्न नहुने बताएका छन् । उनले सडकमा उर्लिएको जनसागरलाई अदालतले पनि देख्यो होला नि भनेर प्रश्न गरे ?

आज काठमाडौंमा भएको विशाल विरोध सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई सही ठहर्‍याउने काम भयो शान्ति प्रक्रिया डिरेल हुन सक्ने चिन्ता व्यक्त गरेका छन ।

प्रचण्डले भने यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ, भन्ने कल्पना पनि गर्न सक्दिन प्रचण्डले भने ।

उनले भने, ओलीको सेटिङलाई अब जनताको सेटिङले परास्त गर्नेछ। अब सडकबाटै जनताले ओलीको सेटिङ भत्काउनेछन्। उनले अब छिटै केपीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुने बताउँदै जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने दाबी गरे ।