ओलीले पार्टीलाई धोका दिएकाले घुँडा टेकाएर मात्र छोड्छौँः नेकपा नेता भुसाल

262

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई धोका दिएकाले घुँडा टेकाएर मात्र छोड्ने दाबी गरेका छन । प्रचण्ड माधव नेपाल पक्षले आज काठामाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले ओलीले संसदलाई आफ्नो निजी सचिवालय बनाएको आरोप लगाएका छन ।

अदालत २१ औं शताब्दीको अदालत भएकाले यहाँका न्यायाधीशहरू ओलीको सेटिङका पछाडि डराएर ओलीको पक्षमा निर्णय नगर्ने जिकिर भुसालले गरेका छन ।

प्रधानमन्त्री ओलीलाई अझै पनि आफूले जित्छु भन्ने लागेको भन्दै नेता भुसालले अघि भने, ओलीसँग अब दुई वटा शक्ति मात्र छ । एउटा साइबर सेना भनिने साइबर स्याल छ ।’

अर्को शक्ति ओली र उनका नेताहरुले भन्ने गरेको सेटिङ भएको भन्दै उनले त्यो जसुसी उपान्यासमा मात्र हुने बताए । भुसालले ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौँ भन्दैै कार्यकर्तालाई निराश नहुँन आग्रह गर्दै देशभर आफुहरुको पक्षमा नेपाली जनता लागेको उल्लेख गरे ।