नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको चिनारी विमोचन

130

दाङ्ग, असोज १ , हिन्दुखबर ।
नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश कार्य समितिले प्रदेशका १२ ओटै जिल्लाका धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको खोजि र नेपाल ज्योतिष परिषद्का सांगठनिक संरचनाहरुको विषयवस्तु समेटी बनाएको नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको चिनारी नामक पुस्तक घोराही उपमहानगरपालिकाको सभाहलमा एक समारोहका बिच विमोचन गरिएको छ ।

May be an image of 7 people, people sitting and people standingMay be an image of 3 peopleMay be an image of 6 people, people sitting and people standing

May be an image of 3 people and people standing

विमोचन कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले समाज परिवर्तनका निम्ती नेपाल ज्योतिष परिषद्को भुमिका महत्वपूर्ण हुने बताउँदै नैतिक, चरित्रवान्, सभ्य र सुसंस्कृत समाज निर्माण आजको आवश्यकता रहेको बताउनुभयो ।

May be an image of 6 people and people standingMay be an image of 3 people and people standing

May be an image of 4 people and people standing

May be an image of 6 people, people sitting, people standing and indoor

कार्यक्रमका विशिष्ट अतिथी दाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले परिषद्ले गरको कार्य उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा थप रचनात्मक कार्य गर्दै जान सुझाव दिनुभयो । नेपाल ज्योतिष परिषद्का केन्द्रिय सचिव सहप्राडा अर्जुनप्रसाद भट्टराईले ज्योतिष समाजको मार्गदर्शक भएको बताउँदै यसको संरक्षणका निम्ति सम्पुर्ण सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

May be an image of 6 people, people sitting, people standing and indoor

कार्यक्रममा दाङ्ग जिल्ला प्रहरी प्रमुख हिराबहादुर वली, सामाजिक व्यक्ति मदन सुवेदी एवम् घोराही उपमहानगरपालिकाका सल्लाहकार अरुणकुमार आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको समिक्षा नेपाल ज्योतिष परिषद् दाङ्गका अध्यक्ष कपिलदेव सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनुभएका घोराही उपमहानगर उपप्रमुख हुमा डिसीले गर्नुभएको थियो भने उद्घाटनमा ज्यो.पं. विष्णु गौतमले शंखध्वनी लगाउनुभएको थियो । जनता संस्कृत माविका विद्यार्थीहरु इश्वरी न्यौपाने र मुक्तिप्रसाद लामिछानेले स्वस्तिवाचन गरेका थिए ।

कार्यक्रम नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मेघराज आचार्य तुफानको अध्यक्षता, सदस्य कमल भट्टराईको स्वागत मन्तव्य, कोषाध्यक्ष पदमप्रसाद अधिकारीको धन्यवाद ज्ञापन एवम् महासचिव ढुण्डिराज ज्ञवालीको सन्चाnनमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।