काठमाडौं, १ असौज । सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ५ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन अझै परेको छैन।
मागअनुसारको आवेदन नपरेपछि आवेदन दिने समय थप भएको छ। थपिएको समयसीमा अनुसार असोज ४ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। सो अवधिमा माग अनुसारको आवेदन परेन।
कम्पनीका अनुसार बिहीबार साँझसम्म ८ हजार तीन सय ६८ आवेदकले १४ लाख ८४ हजार ३० कित्ताका लागि आवेदन दिएका छन्। यो कम्पनीले निष्कासन गरेको सेयरको ४०.६५ प्रतिशत मात्र हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ।