नेकपा विप्लव समूहद्वारा भोली माघ १० गते नेपाल बन्दको आव्हान (विज्ञप्तिसहित)

310

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव समूहले भोली माघ १० गते नेपाल बन्दको आब्हान गरेको छ । केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइको माग गर्दै माघ १० गते शनिबार नेपाल बन्दको आब्हान गरेको हो ।

नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा सम्बद्ध विभिन्न जिल्लाहरुले विभिन्न सञ्चार माध्यमहरु मार्फत् जारी बन्दलाई सफल पार्न उद्योगी व्यवसायी, यातायात व्यसायी, नागरिक समाज, पत्रकार, प्राध्यापक, वकिल, शिक्षक, युवा, विद्यार्थी, पत्रकार सबैलाई अपिल गरेको छ ।

banda.jpg

नेकपा लुम्बिनी ब्युरो, लम्जुङ, तनहुँ, चितवन, धादिङ, जनकपुर ब्युरो, ताप्लेजुङ, कैलाली, दाङ, रोल्पा, रुकुम,जाजरकोट, मुगु, बैतडी, म्याग्दी, बागलुङ, कास्कीलगायतका जिल्ला कमिटीहरुले नेपाल बन्द सफल पार्न अपिल गरेका छन् ।

त्यस्तै नेकपा विप्लव अर्घाखाँचीले पनि एक विज्ञप्ती जारी गर्दै बन्दलाई सफल पार्न आग्रह गरेका छन । जिल्ला इन्चार्ज थम्मन केसी र सेक्रेटरी माहुरीले जारी गरेको विज्ञप्तीमा बन्दलाई सफल पार्नका लागी सबैसँग अनुरोध गरेको छ ।

No photo description available.