कपिलवस्तुमा हिन्दूधर्म रक्षा परिषदको अभियान तिव्र, सबै स्थानिय तहमा पुग्दै

254

कपिलवस्तु, २ असौज । सनातन धर्म संस्कृतिको जानकारीमुलक प्रचार प्रशिक्षण र रक्षाको लागि हिन्दूधर्म रक्षा परिषद अन्तर्गत हिन्दू जागरण युवा स्वयंसेवक गठन अभियानले कपिलवस्तुमा तिव्रता पाएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्तरीय ३३ सदस्यीय नगर समिति गठन भएको छ । अध्यक्षमा पुस्कर पौडेल, प्रथम उपाध्यक्ष हरि प्रसाद पन्थी, द्वितीय उपाध्यक्ष गिरीराज न्यौपाने, सचिव गणेश खनाल, सहसचिव कृष्ण यादव, कोषाध्यक्ष थानेश्वर घिमिरेलाई चयन गरिएको छ ।

सदस्यहरु सुधिर पौडेल, नारायण उपाध्याय, सन्दिप थारु, रेमलाल बन्जाडे, गणेश अवस्थि, डम्बर देव पाण्डे, बद्री बेल्वासे, मंगलप्रसाद चौधरी, ईश्वरा थारु, हरि प्रसाद मरासिनी ढुन्डिराज पंन्थि, रामप्रसाद खनाल, हरि प्रसाद पंन्थि, शिवगुलामु थारु, कैलाश कुर्मि, गंगा सागर यादव, बिष्णु प्रसाद तिवारी, धनिराम पौडेल, बिनोद चौधरी, शुकदेव यादव, बिक्रम प्रसाद यादव, मणिराम यादव ,धनिराम यादव, रमेश गिरी ,बिष्णुप्रसाद अधिकारी ,महन्थ केवत ,राम अयोध्य केवत, ओमप्रकाश केवत चयन भएका छन् । १४ जनाको सल्लाहकार समिती चयन भएको छ ।

हिन्दूधर्म रक्षा परिषद अन्तर्गत हिन्दू जागरण युवा स्वयंसेवक कपिलवस्तु जिल्लाका अध्यक्ष मनोज भुसालको अध्यक्षता, केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालको प्रमुख आतिथ्यता, पण्डित भेषराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा हिन्दूधर्म रक्षा परिषदका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठ, केन्द्रीय सदस्य राजु पौडेल, रिषि भारद्वाज, शुसिल नेपाल शर्मा लगाएतको उपस्थिती रहेको थियो । कपिलवस्तुमा बिजयनगर गाउँपालिका र बाणगंगा नगरपालिकामा समिती गठन भईसकेको छ।