अलिअलि मान्छे जम्मा भएर अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

166
File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदातललाई धम्की नदिन चेतावनी दिएका छन ।

काठमाडौंमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देशभरबाट सामान्य मान्छे जम्मा हुनु स्वभाविक हो, मानिस जुटाएजस्तो गरेर अदालत माथि टिप्पणी गर्दै चेतावनी नदिन आग्रह गरेका छन ।

आज प्रचण्ड माधव पक्षले गरेको विरोधसभाबारे टिप्पणी गर्दै ओलीले देशभरीबाट अलि अलि मान्छे जम्मा हुनु स्वभाविक भएको बताए ।

आज अलिअलि मान्छे जम्मा भएका थिए, वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखाउँछौँ ।

शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरेका छन ।