कपिलवस्तु । नेपाली कांग्रेसका उद्योग ब्यापार बिभागका केन्द्रिय सदस्य आशिष शर्मा उपाध्यायले पार्टीका सबै नेता र कार्यकर्ता जिम्मेवार बनेमा अव हुने चुनावमा नेपाली कांग्रेसले बुहमत ल्याएर पहिलो पार्टी बन्ने बताएका छन ।
हिन्दुखबर डटकमसँग कुराकानी गर्दै उपाध्यायले नागरिकको समस्या समाधान गर्न आफनो ठाउबाट सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । नेपाली काग्रेसले काम गर्ने तर प्रचार गर्न नसक्दा पछि परेको समेत उनले जिकिर गरेका छन ।
अवको चुनावमा कपिलवस्तुका तिनै क्षेत्र सजिलै जित्न सकिने बताउदै उपाध्यायले कांग्रेसले दिर्घकालिन योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका हुन ।