टुकुचा खोला र महानगरको मनोमानी !

772

शुरेशमणि त्रिपाठी

इन्जिनीरिंग र टेक्नोलोजीको युगमा समुन्द्र भित्र टनेल निर्माण गरि यातायातका साधन गुडिरहेको र समुन्द्र पुरी समुन्द्र माथि सहर नै बासाएको समाचार सुन्दा, देखदा अथवा तेस्को प्रत्यक्ष रुपमा लाभ उठाउदा अचमभित र रोमान्चित अनुभवब गर्ने अनि टुकुचा जुन राणा काल मै (१४० वर्ष पहिले) भूमिगत बनाइ नेपाल सरकार बाट बैधानिकता प्राप्त गरि सरकार लाई राजस्व तिरी दसकौ पहिला देखि घर निर्माण गरि बसोबास गर्दै आउदा टुकुचा अतिक्रमण भयो भन्नु भनेको तपाई हाम्रो मानसिकता प्रतिसोध र नकारात्मक कुराले बढी अतिक्रमण गरेको भन्ने कुराको पुस्टि गर्छ l

यदि राणा कालिन समय मा भएको संरचना उत्खनन गरेर आजको दिनमा अबैधानिक ठहरगरि कसैलाई घर बार बिहिन, सुकुम्बासी बनाउने काम गर्ने हो भने ठिक तेसै बेला (१४०वर्ष) देखि दुइ करोड नब्बे लाख नेपाली को नागरिकता को पनि उत्खनन गरौ सायद तपाई लगाएत् लाखौ नेपाली टुकुचा बसी जस्तै सरनार्थी हुन बाध्य हुने छन् बिश्वो मा यस्ता धेरै उदहारण छन् जहाँ नदि माथि सहर बसेका छन् ।

(1) River West Bourne, LONDON

(2) Wein River, VIENNA

(3) Neglinnaya River, 7.5KILO METERS, MOSCOW

(4)Sawmill River, 37 kilometres, NEW YORK

(5) Tibbets Brook, NEW YORK CITY (

6)Sunswick Creek, New York City

तेसैले टुकुचामा समय खेर फाल्नु भन्दा महानगरको फोहरमैला बेवास्थापनमा गरेको चरम लापरबाहीको कारणले काठमाडौँ उपतेका का १९ हजार जनता डेंगु को चपेटा मा परि ज्यान गुमाउन बाध्य छन् तिनीहरुको स्वास्थ्य तिर ध्यान केन्द्रित होस् भन्ने आशा गर्दछौ l