संविधानमा राष्ट्रपतिले राजिनामा गर्ने अधिकारको व्यवस्था छ: सहमहामन्त्री गिरी

107

बुटवल, ५ असाैज । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरिले संविधानमा राष्ट्रपतिले राजिनामा गर्ने अधिकारकाे व्यवस्था रहेकाे बताईन् ।

संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणित नगरेपछि नेतृ गिरिले टिप्पणी गर्दै राजिनामा दिने बाटाे खुला रहेकाे बताईन् ।

संसदबाट नागरिकता सम्बन्धि विधेयक पारित भई प्रमाणित गर्न राष्ट्रपतिकाेमा पठाईएकाे थियाे, तर राष्ट्रपतिले २/२ पटकसम्म पनि नागरिकता विधेयक प्रमाणित गरिनन् ।

प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई छैन’,  गिरिले भनिन्, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक राष्ट्रपतिले रोक्न मिल्दैन ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।