मालारानी मन्दिरमा हिन्दुत्वहरुको उत्साहपुर्वक उपस्थिती, पालिकास्तरिय समिती गठन

494

हिन्दुखबर डटकम
अर्घाखाँची । धर्म संस्कृतिको रक्षा, राष्ट्रको सुरक्षा भन्ने मुल नाराका साथ हिन्दूधर्म रक्षा परिषद् नेपालले हिन्दु जागरण युवा स्वंयमसेवक मालारानी गाउँपालिका स्तरीय भेला सम्पन्न गरेको छ।

हिन्दुधर्म रक्षा परिषद नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनालले हिन्दुधर्मको रक्षामा सबै नेपाली नागरिक लागेको बताउँनुभयो । उहाँले आफनो धर्म संस्कृति भुल्न नहुने बताउँनभुएको छ । आज सम्पन्न भएको भेलामा मालारानीका सबै वडाका सयौं हिन्दुत्वप्रेमीहरुको उपस्थिति रहेको थियो ।

मालारानी गाउँपालिकाका सबै वडा बाट उपस्थित भएको भेलाले हरिप्रसाद अधिकारीको अध्यक्षताम ३१ सदस्यीय मालारानी युवा स्वंमसेबकको को गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा रोमाहरष खनाल, द्धितिय उपाध्यक्षमा लक्ष्मण रिजाल, तृतीय उपाध्यक्षमा गिताराम अधिकारी, सचीवमा सुरत बस्नेत, सहसचीवमा नारेश्व्रर पाण्डे, कोषाध्यक्षमा हिमलाल पौडेल सहित ३१ सदस्यीय समिती गठन भएको हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउँनुभयो ।

कार्यक्रम परिषद्का जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता, जिल्ला उपाध्यक्ष आतिश किरण बिकको सञ्चालन र सचीव बाबुराम भुसालको स्वागतमा सम्पन्न भएको हो ।