नेपालको पहिलो प्रतिनिधिसभा घोषणापत्र सार्वजनिक : भण्डारी

95

धनगढी, असोज ५ । नेपाली कांग्रेस कैलालीका पुर्व पार्टी सभापति गोबिन्दराज जोशी द्वारा आज चुनाव चिन्ह ूबेल को रुखू प्रदान गर्दै कैलाली क्षेत्र नस्५ू मा क्षितिज भण्डारीको संसदमा चुनावी घोषणा पत्र सार्वजनिक गर्दै संभवत यो मङ्सिर ४ को निर्वाचनको लागि पहिलो घोषणापत्र रहेको जोशीले दाबी गरेका छ्न ।

युवानेता भण्डारीको घोषणा पत्र सार्वजनिक गर्दै जोशी ले अब भ्रस्टाचार बिरोधि युवापुस्तालाई पार्टीले टिकट दिएमा मात्रै कांग्रेसको बिजय हुने बताउदै समाजसेवि युवानेता क्षितिज भण्डारीको स्मार्ट चुनावी प्रचार शैलीले जनताको मन जित्ने बिश्वास व्यक्त गरेका छन् ।

कैलाली ५ बाट ३ पटक महाधिवेशन र २ पटक निर्विरोध महासमिति सदस्य रहेका क्षितिज भण्डारीले आफ्नो चुनावी सम्पर्क कार्यालय खोलेर निकै खर्चिलो तामझाम र भोजभतेर गर्दै पछिल्लो १बर्ष देखि घरदैलो गरिरहेका छन् ।
वहाँले संसद मा बिजय भए तलब र गाडी सुविधा नलिने बताएर धनगढीलाई महानगरपालिका बनाउनेतर्फ पहल गर्दै सबै वार्डहरुमा घोषणापत्र सहित घरदैलो गर्न आफ्नो समर्थक नेताकार्यकर्तालाई अनुरोध गरेका छन् ।

नेबिसंघका पुर्ब कावा केन्द्रिय अध्यक्ष रहेका भण्डारीले आफुलाई पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवा ले वचन दिएकोले यो पटक उम्मेदवार बनाउने कुरामा बिश्वस्त रहेको बताए ।