नेकपा विप्लवले गरेको बन्दको पुर्ण प्रभाव अर्घाखाँचीमा

405
फाईल तस्विर

सुमित्रा पौडेल
अर्घाखाँची, १० माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ । विहानै देखि सञ्चालन हुने सन्धिखर्क बजारका पसलहरु पुर्ण रुपमा बन्द भएका छन ।

अर्घाखाँचीमा पनी वन्दको पुर्ण प्रभाव परेको छ । बन्दकर्ताहरु सडकमा नदेखिएकातपनि सदरमुकाम सन्धिखर्क सहित ग्रामिण भेग पनि बन्द भएको छ । सदरमुकाम तथा बुटबल, काठमाडौं छुटने लामो दुरीका गााडीहरु पनि छुटेका छैनन् । गाडि नहिडेपछि यात्रुहरु मर्कामा परेका छन ।

सधै भिडभाड हुने सन्धिखर्कको मुख्य चोक शान्ती वगैचा पनी आज बन्दको कारणले सुनसान भएको छ । बन्दका कारण एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु आवश्यक अनुसार मात्र सञ्चालनमा आएका छन ।