सन्धिखर्क चुत्रावेशीमा संकास्पद वस्तु भेटियो, सेनामार्फत डिस्पोजल गर्ने तयारी

542

घनश्याम पौडेल
अर्घाखाँची, १० माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ ।

जनजिवन प्रभावितसँगै सन्धिखर्कको चुत्राबेसी पेट्रोल पम्प लाइनमा एउटा संकासपद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउँनुभयो ।

संकास्पद वस्तु भएको ठाउँमा सुरक्षार्की पुगिसकेका छन, उक्त बस्तु के हो, नेपाली सेनाले हेरेपछि सेनाबाटै डिस्पोजल गर्ने तयारी रहेको छ । संकास्पद बस्तु सन्धिखर्क बजारमै भेटिदा बन्दको प्रभाव बढी भएको छ ।