फाईल तस्विर ।

कपिलवस्तु । नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तु सहित देशभर विहानैबाट देखिएको छ । केन्द्रिय सचिवालय सदस्य, कञ्चन ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले बन्द आह्वान गर्दै आज बन्दको घोषणा बिपल्वले गरेको छ । ३ , ५ र ७ माघमा देशब्यपाी प्रदर्शन गरी हिजो मसाल जुलुश गरेको माओवादीले आज बन्द आह्वान गरेपछि देशभर यसको आंसिक र पूर्ण प्रभाव परेको छ ।

विहानैबाट कपिलवस्तुमा विद्यालय, बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत पनि त्यति छैन । फाट्टफुट्ट् मात्र मोटरसाइकल चलेका छन् । जिल्लाका पिपरा ,चार नम्बर, तौलिहवा, कृष्णनग, चन्द्रौटा, ओदारी, गोरुसिंगे, शिवगढी लगयतका क्षेत्रमा बन्द गर्न विप्लव नेताकार्यकर्ता लुकेर बसेका बताइएको छ ।

बन्द गर्न बसेका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको पहिरा खोलामा विहानै एक ट्रकमाथि आगजनी गर्ने प्रयास गरेका छन । माथि पहाडबाट तल सडकमा डिडि रहेको ट्रक माथि आगो खसालेर जलाउने प्रयास भएको र आगजनीबाट ट्रकमा क्षति नपुगेको प्रहरीले जनाएको छ । गुडीरहेको ट्रकमा जंगलबाट अपरिचित मान्छेले हानेका हुन, गाडीमा सामान्य क्षती भएको छ चन्द्रौटा प्रहरीले हिन्दुखबर डटकमलाई भन्यो ।