पुर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

113

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ना।२२।प ६५ ५५ को मोटरसाईकल गए राती रूखमा ठक्कर खादाँ २ जनाको ज्यान गएको पुर्वी नवलपरासी प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका कावासोती बस्ने २४ बर्षिय हेमबादुर थापा र ८ बस्ने २६ बर्षिय सुनिल जैसवाललाई मध्यविन्दु जिल्ला अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छ्न ।

प्रहरीका अनुसार तिब्र गतिमा रहेको मोटरसाइकल अनियंत्रित भई रुखमा ठोकिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।