काठमाडौँ । कात्तिक १० गते बिहिबार भाइटिका लगाउनुपर्ने अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहीबार बिहान ११ः ३७ बजे भाइटिकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्राडा माधव भट्टराईले बताएका छन् ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक १० गते नै गरिन्छ ।
नेपाल लगायत विभिन्न देशको शुभसाइतहरुसमेत विज्ञप्तीमार्फत् प्रकाशन गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए ।