बादरको बैंकल्पिक खेती अकवरे खुसार्नी, अर्घाखाँचीमा अकबरे फैलाउँदै

562

घनश्याम पौडेल
अर्घाखाँची, ३१ असौज । विदेश गएर गाउँमा फर्किएका युवाहरु व्यवसायीक खुसार्नी खेतीमा लागेका छन् । बाझो रहेका जमिनमा अकबरे खुसार्नीको व्यवसायीक रुपमा खेती गरेपछि राम्रो आम्दानी गरिरहेका छन्।

सन्धिखर्क नगरपालिकाको वडा नं. ५ बलेवाङ्ग, पाणिनी गाउँपालिकाको धातिवाङ्ग, अडगुरी लगाएतका ठाउँमा व्यावसायिक अकवरे खुर्सानी खेती गरेका छन् । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् ।

७ वर्ष विदेशमा बसेका छत्रदेवका ३२ वर्षिय युवा पशुपति पाण्डेले बलेबाङ्गमा ३२ रोपनी जग्गा भाडामा लिएर व्यवसायीक अकबरे खुसार्नी खेती गरेका छन् । १५ लाख लगानी गरेको अकबरे खेतीबाट ५० लाखको आम्दानी भएको छ । सुरुवात आफैबाट गरेर सम्भावना भएको उत्पादित कृषि खेतीको बजारीकरण गरेर युवालाई गाउँमै प्रोत्साहन गर्न अकबरे खेतीमा लागेका छन् ।

एक दशकदेखि जिल्लामा बाँदरको बदमासी बढी छ । गाउँमा कृषकहरु बाँदरबाट बाली जोगाएर भित्र्याउनु किसानलाई कठिनाई छ । रैथानेबाली मकै बालीको विकल्पमा अकबरे खुसार्नी खेती बैंकल्पिक खेतीको रुपमा प्रशस्त फल्ने, आम्दानी हुने भएकाले बादरको विकल्पको रुपमा राम्रो हुने छत्रदेवका कृषक पशुपति पाण्डेले बताए ।

पाणिनी–६ का युवाहरु वुद्धिराम पौडेल र दिपक पौडेलले बाझिएर रहेको ४१ रोपनी जग्गामा अकबरे खेतीलाई व्यवसायीक बनाएका छन् । अकबरे खुसार्नी उत्पादन गर्न सकेमा बजारको समस्या छैन् । कम खर्चिलो, युवाहरुलाई प्रोप्साहन मिलेको, आम्दानी राम्रो हुने भएकाले व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् ।

अकबरे खुसार्नीको व्यवसायीका वृद्धि गर्न कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले पाणिनी गाउँपालिकाको भौगोलिक बनावट अनुसार छुट्याएर माटो र हावापानी सुहाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको छ । अकबरे खेती जंगली जन्तुले मकै खेती खाएपछि हैरानी भोगेका कृषकको बैंकल्पिक खेतीको रुपमा हुने पाणिनी गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।

बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको छ । अकबरे खेतीमा १ रोपनीमा कृषकले १ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । जिल्लाका उत्पादन भएको अकबरे खुसार्नी, बुटबल, भैरहवा, काठमाडौं लगायत ठाउँमा जाने गरेको छ ।