अर्घाखाँची, १० माघ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा कोरोना विशेष अस्थाई अस्पताल बनेको छ । भुमिकास्थानको वडा नं. ४ धारापानीमा कोरोना विशेष अस्थाई अस्पतालको उद्घाटन गरिएको छ ।
संघीय सरकारको १० लाख बजेटमा निर्माण भएको अस्पतालमा एकजना एमविवि. एस डाक्टर र दुईजना स्टार्फ नर्स रहने भुमिकास्थान नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
नवनिर्मित अस्पतालको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले उद्घाटन गर्नुभएको थियो । भुमिकास्थान नगरपालिका हरेक क्षेत्रमा अगाडी रहेको नगरप्रमुख थापाले बताउँनुभयो ।
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासेले सबैभन्दा महत्वपुर्ण क्षेत्र स्वास्थ्य भएकाले भुमिकास्थान नगरपालिकाले प्राथमिकता दिएर कोरोना विशेष अस्पताल निमार्ण गरेको बताउँनुभयो ।
अस्पतालमा कोरोनाको लक्षण सहितका विरामी आएमा उपचार गरिने प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउतले बताउँनुभयो । कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार लगायतले मन्तव्य राखेको कम्प्युटर अपरेटर शेषकान्त घिमिरे ओशनले जानकारी दिनुभएको छ ।