घनश्याम पौडेल
अर्घाखाँची, १० माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन दिनभर प्रभावित भएको छ ।
बन्द लक्षित गरी बिहानै सन्धिखर्कको चुत्रावेशीमा भेटिएको संकास्पद वस्तु नेपाली सेनाले डिस्पोजल गरेको छ ।
चुत्राबेसी पेट्रोल पम्प लाइनमा एउटा संकासपद वस्तु भेटिएपछि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरीको टिम उक्त स्थापना पुगेको थियो ।