संसद् पुनःस्थापनानै कांग्रेसको पहिलो प्राथमिकताः काँग्रेस महामन्त्री कोईराला

289

महेन्द्रनगर, १० माघ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनःस्थापना भएको बताउनुभएको छ ।

मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको भन्दै महामन्त्री कोइरालाले संसद् पुनःस्थापनानै कांग्रेसको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको हो ।

‘हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो’, कोइरालाले भन्नुभयो, ‘पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली संकलन र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उहाँको भनाइ थियो ।

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशील सदस्यको नामावली अझै आउन सकेको छैन’, उहाँले भन्नुभयो, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो, कोईरालाले भन्नुभयो ।’