शीतगंगाको करेचुलीमा नेकपा ओली पक्षको भेला सम्पन्न

269
File Photo
शोभाखर पन्थी
अर्घाखाँची / माघ-१० । नेपाल कम्युनिस्ट पार्टी नेकपा शीतगंगा वडा नं.१४ को आयोजनामा करेचुलीमा भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरेले सुशासन ,बिकास र समृद्धिको निम्ति निर्वाचनको बिकल्प नभएको बताउनुभयो ।
उहाँले प्रचण्ड , माधव समुहले पार्टी बिभाजन गरेर गम्भीर गल्ती गरेको बताउँदै, केही समय पछि पछुतो मान्दै पार्टीमा फर्कने बताउनु भयो । प्रदेश सभाका सदस्य समेत रहनुभएका उहाँले आफुहरु निर्वाचित भएर आएपछि जिल्लाको बिकास निर्माणले गति लिएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जिबनारायण कोईरालाले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रभाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा भएको बताउनुभयो । उहाँले जिल्लामा पार्टी बिभाजनको खासै असर नपरेको भन्दै आसन्न निर्वाचनमा नेकपाले भारी मतका साथ बिजय हासिल गर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा शीतगंगा नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठले प्रचण्ड र माधब समूह पदलोलुप र स्वार्थीहरुको झुन्ड भएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभयो ।
कार्यक्रम स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।