शिवलाल पौडेल
काठमाडौ, १० माघ। 
दक्षिण एसियाली ज्योतिष महासंघले प्रकशन गरेको मुखपत्र मन्दाकिनी नामक पुस्तक आज एक समारोहका बिच लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले धर्म संस्कार संस्कृतिको संरक्षणको लागि सबै ज्योतिषी गुरुहरुलाई आह्वान गर्नुभयो ।

विशिष्ट अतिथि विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेलले संस्थाको विधि र विधानमा रहि कार्य गर्न सम्पुर्ण ज्योतिषीहरुलाई अनुरोध गर्नुभयो ।

यस्तै वाल्मीकि विद्यापीठका प्राचार्य डा.गणेश घिमिरेले मन्दाकिनी प्रकाशन निरन्तरताको लागी शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणी भट्टराई , दक्षिण एसियाली ज्योतिष महासंघका पुर्व अध्यक्ष सहप्राडा माधवप्रसाद पाण्डे, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे, सल्लाहकार डा.चन्द्रकुमार शेर्मा, नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य सचिव सुर्य प्रसाद ढुङ्गेल,तिलकराज पौडेल,रतिदेवी जोशी श्रेष्ठ,शिव शंकर न्यौपाने,अशोककुमार मिश्र,कमल प्रसाद काफ्ले,सुरेश शर्मा,खिलनाथ काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्दाकिनी विमोचन सँगै विधान र संस्थाको आधिकारिक वेबसाईट पनि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा पदाधिकारीहरुलाई संस्थाको परिचयपत्र र आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रम अध्यक्ष डा.सहदेव विष्टको अध्यक्षता,महासचिव लक्ष्मण पन्थीको सन्चालन एवम् संगठन सचीव भरतमणी ज्ञवालिको स्वागतमा सम्पन्न भएको थियो ।