दुर्गाफाँटदेखि काठमाडौ सम्म हाईस सञ्चालन हुने

1103

हिन्दुखबर संवाददाता 
पाणिनी, ११ माघ । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिकाको दुर्गाफाँट हुदैँ काठमाडौं हाईस सेवा सञ्चालन हुने भएको छ ।

दुर्गाफाट, पणेना हुदैँ पाल्पा रैनादेवी छहरादेखि सिधै काठमाडौको लागि हाईस सेवा माघ १३ देखि सञ्चालन हुने भएको छ ।

देउराली यातायात व्यवसायी समिती अर्घाखाँची प्राली मार्फत दुर्गाफाँट देखि पोखराथोक, पणेना, मेहलढाप हुँदै काठमाडौ सम्म हाइस सञ्चालनमा आउँने भएको हो ।

हाईस तत्कालका लागी व्यवसायी अर्जुन पोख्रेलको र पछि यात्रुहरुको माग अनुसार आगामी दिनमा आवश्यकताअनुसार सञ्चालन हुनेछ ।