आखिर जिन्दगी के ?

527

एक दिन:- यस्तो अबस्था आउनेछ जुन दिन तिम्रो शरीरको दुखाइ कम गर्ने बिज्ञान पनि फेल खानेछ।

समाजमा रहेको अन्धबिश्वासले पनि हात ठाडा गराउने छ।

फेर्दै गरेको सास र बज्दै गरेको मुटुको ढुकढुकी सुन्यतामा बिलिन हुनेछ।

सुन्दै गरेको कान र आखाले न त सुन्नेछन न त देख्ने छन।
मुखले उच्चारण गर्ने हरेक शब्द सदाका लागि बन्द हुनेछन ।
माया,करुणा ,दया सबै आगोमा झोसिनेछन र खरानिमा परिणत हुनेछन।

कमाएको सारा सम्पत्ती,पद प्रतिष्ठा सधैको लागि खरानी बनेर आकाशमा उड्नेछन ।

बाआमा,छोराछोरी र सबै आफन्ती त्यही समयको लागि हुनेछन जुन समय अन्तिम सास लिदै गरेको हुनेछौ ।

दिमागले सोचेका हरेक कुरा पछिल्लो पिडिले प्रयोग गर्लान तर तिम्रो लागि ती कुराहरु सदाका लागि खरानी हुनेछन।

तनावले डिप्रेसन भएर गर्हण गरेको हरेक चिज तिम्रो लागि त्यही दिनको लागि उपयुक्त हुनेछन जुन दिन तिमी सदाका लागि अस्ताउने छौ।

तिम्रो शरीरले घमण्ड,रिस,डाहा,प्रतिस्पर्धा आदि जस्ता चिजहरुले तिमिलाइ सधै साथ दिने छैनन ।

तिमिले कमाएको सम्पत्ती एकदिन एक चुम्की पनि पेटमा राख्न नसक्ने अबस्था आउनेछ।

एक थोपा पानी पनि त्यो दिन निल्न नसक्ने अबस्था आउने छ जुन दिन तिमी सोला माथी हुने छौ।

मुटुको टुक्रा जस्ता छोराछोरी न त इसाराले बोलाउन सक्ने छौ न त मुखले नै।

त्यो दिन मेरो छोराले खाओस,छोरिले खाओस बाआमालाई केही नहोस भन्ने दिन सदाका लागि बिदा हुनेछ।।
✍️सरोज