घनश्याम पौडेल
अर्घाखाँची, ११ माघ । चिसो महिनाको समय । गरिव, विपन्न घरपरिवारलाई दैनिकी चलाउँन निकै कठिनाई भएको छ । आफनो घर नहुने, बिहान बेलुका छाक टार्न समस्या हुने समुदायका परिवारहरु विचल्लीत भएका छन ।

गरिब र विपन्न परिवारलाई समस्या पर्दा विभिन्न संघसंसस्थाले सहयोग गर्दै आईरहेका छन । अर्घाखाँची जिल्लाको सदरमुकाम स्थित सन्धिखर्क नगरपालिका वडा नं. २ का वादी समुदायका घरपरिवारलाई दैनिकी चलाउँन निकै कठिनाई भएको छ । दिनभर काम गरेर बेलुकाको छाक टार्ने यहाँका १३ घरपरिवारले सधै चिन्तीत छन ।

No description available.

यहाँका घरपरिवारलाई विभिन्न संघसंस्थाले वर्षेनि सहयोग गर्दै आएका छन । यहाँका ८ घरपरिवारलाई जिल्ला विपत व्यवस्थापन समितीले तातो र न्यानो कपडा वितरण गरेको छ । १० वर्ष मुनिका बालबालिका र २ अपाङ्गहरुलाई तातो र न्यानो कपडा, कम्मल र तिर्पाल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताँउनुभयो ।

प्युठान तथा अर्घाखाँची विभिन्न ठाउँका बादी परिवार सन्धिखर्क नगरपालिका वडा नं. २ मा २०४१ सालदेखी बस्दै आएका छन । जाडोयामको समयमा दैनिकी चलाउँन समेत निकै गाहृो हुने भएकाले विभिन्न संघसंस्थाले सहयोग गर्दै स्थानिय वडाले बताएको छ । बादीसमुदायका बालबच्चाका लागी निशुल्क शिक्षा, रोजगारका कार्यक्रम आउँदा प्राथमिकतामा राख्ने गरेको सन्धिखर्क नगरपालिका वडा नं. २ का वडाअध्यक्ष मोतिजंग रायमाझीले बताउँनुभयो ।

No description available.

न्यानो कपडा वितरणमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, शशस्त्र प्रहरी प्रमुख, अनुसन्धान कार्यालयका प्रमुख विनयक चर्तुवेदी, वडा अध्यक्ष मोतिजंग रायमाझी, लगाएतको उपस्थिती रहेको थियो ।