दुर्गाफाँट डेरीको प्रथम वार्षिकोत्सव सम्पन्न

394

अर्घाखाँची, १७ मंसिर । अर्घाखाँची जिल्लाको पाणिनि गाँउपालिकाको दुर्गाफाँट रहेको दुर्गाफाँट डेरीको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । पाणिनि गाँउपालिकाको सभा हलमा सम्पन्न डेरी बावुराम घिमिरे (भुवन) र राम प्रसाद भट्टराईको लगानीमा सञ्चालनमा आएको दुर्गाफाँट गतवर्ष २०७८ को मंसीरदेखी सञ्चालनमा आएको छ ।

दुर्गाफाँटमा व्यवसायीक रुपमा रहेका स्थानीय कृषकहरुबाट संकलन भएको दुध सन्धिखर्कमा रहेको अर्घाखाँची डेरी, जिल्ला गुल्मीको सदरमुकाम तम्घास स्थित ग़ुल्मी डेरी उद्योग र पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा रहेको श्रीनगर डेरीमा खपत हुदैँ आएको छ । दैनिक करिब ४०० लिटर दुध संकलन हुन्छ ।

जिल्ला समन्वय जिवनारायण कोईरालाले पशुपालन र कृषिबाटै पाणिनी समृद्ध बन्न सक्ने भएकाले कृषि र पशुपालनको क्षेत्रमा प्रेरीत भएर लाग्न आग्रह गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, वडा नं. ४ का वडा अध्यक्ष हरि घिमिरे, पाणिनी गाउँपालिकाका कृषि शाखा प्रमुख मेगराज पौडेल, पशुपंक्षी शाखा प्रमुख कृष्णप्रसाद घिमिरेले व्यवसायीक रुपमा उत्पादनमा वृद्धि गर्न कृषकहरुलाई आग्रह गरेका छन् ।

कृषक रामप्रसाद गैरेको अध्यक्षता रहेको कार्यक्रम डेरीका सञ्चालक बाबुराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।