प्रेमनारायण आचार्य
सन्धिखर्क ११ माघ । धारणा राख्ने क्रम नसकिएपछि नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको समीक्षात्मक बैठक भोलि फेरी बस्ने भएको छ ।
बिपि स्मृति भवन सन्धिखर्कमा आज विहान देखि शुरु भएको बैठकमा नेपाली कांग्रेसले यही ८ गते ६१ वटै वडामा सरकारको असंबैधानिक कदमका बिरुद्ध गरेको बिरोध सभाको समीक्षा र भावी रणनितिका विषयमा छलफल भैरहेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका पदाधीकारी, सदस्यहरु, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, संगठन विभागका सदस्य, पालिका संयोजक, सरोकारवालाको सहभागिता रहेको आजको बैठकमा ५५ जनाले आआफ्नो धारणा राखेको जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले बताउनु भयो ।
बाकी सदस्य तथा वडा प्रतिनिधिहरुले बैठक राख्ने क्रम नसकिएपछि भोलि बस्ने गरी आजको बैठक सकिएको नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधब प्रसाद पौडेलले बताउनु भयो ।
आगामी आन्दोलनका कार्यक्रम तय गरी बैठक भोलि समापन हुने नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले बताउनु भयो । बैठक भोलि बिहान १० बजे देखि शुरु हुनेछ ।