काठमाडौं, २४ मंसिर । काठमाडौंमा दक्षिण एशियाली किसान संगठनहरुको तीनदिने गोष्ठी सम्पन्न भएको छ । ललितपुरको गोदावरी भिलेज रिसोर्टमा यही डिसेम्बर ८–१० सम्म चलेको गोष्ठीले खाद्य सम्प्रभुता लागु गरेपछि किसानका समस्या समाधान हुने निश्कर्ष निकालेको छ ।
सो सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतबाट किसान आन्दोलनका हस्तीहरुले सहभागिता जनाएका थिए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्तगोष्ठीको निश्कर्ष सार्वजनिक गरिएको हो । सो सम्मेलन नेकपा (एस) निकट किसान संगठन अखिल नेपाल किसान महासंघले आयोजना गरेको महासचिव प्रमेश पोखरेलले जानकारी दिए।
सम्मेलनमा भारतीय किसान आन्दोलनका हस्ती राकेश टिकेट, नन्जुदा स्वामी, राज्यगौंडा सहभागी थिए भने पाकिस्तानबाट फारुगतारिक, श्रीलंकाबाटअनुका चिन्चटा लगायतको टोली र बंगलादेशबाट गुलाम सरोबरको सहभागिता थियो ।
महासचिव पोखरेलका अनुसार तीन दिन सम्म चलेको उक्त सम्मेलनमा दक्षिण एशियाका किसानका समस्या समाधान बारे गहन छलफल गरेको थियो । उनले भने,‘दक्षिण एशियाका किसानका समस्याबारे गहन रुपमा छलफल भएको छ, ती समस्या समाधान गर्ने गरि हामीले छलफल गरेका छौं । खाद्य सम्प्रभुता लागु गरेपछि किसानका समस्या समाधान हुन्छ भन्ने निश्कर्षमापुगेका छौं । त्यसको लागि अब कार्यक्रम बनाएर अघि बढ्नेछौं ।’ उनका अनुसार सम्मेलन भने प्रत्येक दुई÷दुई वर्षमाहुने गरेको छ ।
आजको पत्रकार सम्मेनलमा बोल्दै किसान आन्दोलनका अगुवा बलराम बाँस्कोटाले देशको जटिल समस्या नै किसानहरुको समस्या भएको चित्रण गरे । उनले भने,‘किसानहरु निम्नस्तरको जीवन व्यतित गर्न बाध्य छन् । किसानको जीवनमा परिवर्तन नआएसम्म देशको आर्थिक अवस्था निर्धो हुन्छ । देशको अवस्था परमुखी हुन्छ । किसान धनी नभएसम्म देश धनी हुँदैन् । अहिले किसान आन्दोलनको औचित्य झनै बढेर गएको छ ।’
सो क्रममाविभिन्न देशबाट आएकाकिसानआन्दोलनकाअगुवाहरुले किसानआन्दोलनको औचित्य र किसानका समस्या समाधानबारे आ–आफ्नो धारणा राखेकाथिए ।