नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले संसद पुनःस्थापना हुदैँमा समस्याको समाधान नहुने बताएका छन ।
संसद् पुनःस्थापना गरेर केपी ओलीको सट्टा प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदैमा समस्या समाधान नहुने जिकिर गरेका छन ।
आइतबार नवलपुरको कावासोतीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अहिलेको निकास भनेको विप्लवदेखि राजासम्म अट्ने लोकतान्त्रिक व्यवस्थासहितको राजतन्त्र भएको दाबी गरेका छन । हिन्दूराष्ट्र र राजासहितको लोकतान्त्रिक व्यवस्थाले मात्र सबै समस्याको समाधान हुने थापाको जिकिर रहेको छ ।
राजसंस्था नभएकै कारण देशमा भ्रष्टाचार मौलाएको, विदेशी शक्तिको चलखेल बढेको उनको दाबी छ । थापाले पार्टीबाट छानिएको राष्ट्रपति तटस्थ र सबैको हितअनुकूलको राष्ट्रपति हुन नसक्ने भन्दै राष्ट्रपतीय व्यवस्था नै गलत भएको जिकिर गरे ।
दुईतिहाइको बहुमतको सरकारले जस्तोसुकै व्यवस्था ल्याउन सक्ने भए पनि शक्ति र अधिकारको सदुपयोग नगरेर दुरुपयोग मात्र गरेको आरोप लगाए ।
थापाले भने, ‘न्यायालयमा समेत आफ्नो मान्छे भर्ने काम भयो, अहिले सरकार र सडक दुवैबाट न्यायको प्रतिमूर्ति सर्वोच्चमाथि औँला ठड्याउने, दबाब दिने, तर्साउने काम भइरहेको छ । जसले गर्दा देश ठूलो संकटमा छ, ।