नेकपा परित्याग गरी पाणिनीको पणेनामा १०१ जना काँग्रेसमा प्रवेश

944

घनश्याम पौडेल
अर्घाखाँची, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी पाणिनी गाउँपालिकाको पणेनाबाट १०१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । प्रतिनिधीसभा विघटन विरुद्ध नेपाली काँग्रेसले आयोजना गरेको विरोध सभामा नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन ।

नेपाली काँग्रेस जिल्ला काय समितीले आज विपी स्मृति भवन सन्धिखर्कमा आयोजना गरेको समिक्षात्मक बैठकमा कार्यक्रमका जिल्ला प्रतिनिधी तथा संगठन विभाग प्रमुख कृष्ण खनालले १०१ जना काँग्रेस प्रव्रेश गरेको जानकारी गराउँनुभएको हो ।

पणेनाको एक्लेपिपलमा भएको बिरोध सभामा नेकपाबाट पार्टी परित्याग गरि प्रवेश गरेका हुन । प्रवेश गर्नेहरुमा छबिलाल श्रेष्ठ सपरिवार ७ जना, लोक प्रसाद श्रेष्ठ सपरिवार ७ जना, श्यामकला श्रेष्ठ सपरिवार ४ जना, यमकला श्रेष्ठ सपरिवार ५ जना, माया पोख्रेल, गीता पोख्रेल सपरिवार ४ जना, सरस्वती परियार सपरिवार ६ जना, ज्ञानिश्वर पोख्रेल सपरिवार ४ जना, शोभाखर पोख्रेल सपरिवार ३ जना, प्रमिला बिक सपरिवार ६ जना, दान कुमारी बिक सपरिवार ३ जना, साबित्रा बिक सपरिवार २ जना, टिकाराम बिक सपरिवार ४ जना, विष्णु बहादुर लोहार सपरिवार ६ जना प्रवेश गरेको खनालले बताउँनुभयो ।

त्यस्तै गोपाल बिक सपरिवार २ जना, सीता बिक सपरिवार ५ जना, खडक बहादुर बिक सपरिवार ३ जना, तुलसा थापा सपरिवार ७ जना, तिर्सना बिक सपरिवार ५ जना, सरस्वती बिक सपरिवार ४ जना, कमल बिक सपरिवार ३ जना, डेम बहादुर बिक सपरिवार ४ जना, शान्ता बिक, कबिता श्रेष्ठ सपरिवार ५ जना प्रवेश गरेको पणेनाका काँग्रेस सभापति धातानन्द पोख्रेलले बताउँनुभयो ।