गुल्मी, ३ पुस । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा गायिका शिलु भट्टराई निर्वाचित भएकी छ्न्। शनिबार दिउँसोदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनको बन्दसत्रले अध्यक्षमा भट्टराईलाई सर्वसम्मत निर्वाचित गरेको हो।
उनी गुल्मीको शाखाकी पहिलो महिला अध्यक्ष हुन्। यस्तै समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्वितिय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिवमा गणेश अधिकारी, सहसचिव अनिल खत्री, कोषाध्यक्ष लोकेन्द्र कुँवर, सह कोषाध्यक्ष कमल कँडेल सहित २१ सदस्यीय कार्य समिति चयन भएको छ।
निवर्तमान अध्यक्ष वसन्त खत्रीले ३ वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरि शनिबार बिहान प्रतिष्ठानको म्याग्नेच्युट नवनिर्वाचित अध्यक्ष भट्टराई बुझाए।अधिवेशनले विभिन्न विभागसमेत गठन गरेको छ। खेलकुद विभाग संयोजक सन्दीप जिसि, सांस्कृतिक संयोजक लालुमाया कुँवर र प्रवक्ता सदस्यमा धनेद्र कुँवर रहेका छ्न्।