हिन्दुखबर,काठमाडौ ।
चिकित्सा शिक्षा आयोगले एम.बी.बी.एस.को शुल्क बढाएको बिषय प्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले एम.बी.बी.एस.को शुल्क बढाउने गरि गरेको उक्त आपत्तिजनक निर्णयको ने.बि.संघले घोर भर्त्सना गरेको छ ।
नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बिज्ञप्ति जारि गर्दै चिकित्सा शिक्षा सुधारका निम्ति पटक पटक भएका आन्दोलन, विभिन्न समयका सहमति र सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरीतगत वर्षसम्म एम.बी.बी.एस.को शुल्क ४० लाख २३ हजार २५० रुपैयाँ रहेकोमा हालको शैक्षिक सत्र २०७७/०७८ मा चिकित्सा शिक्षा आयोगले सो शुल्क आठ लाख बढाएर ४८ लाख पुर्याउनु सरकारको विद्यार्थी र अभिभावक माथी चरम शोषण गर्ने नियत बाट ग्रसित भएको बताएका छन ।
प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरि पुरानै शुल्क कायम गर्न महामन्त्री तिमल्सिनाले नेपाल सरकारसँग माग गरेका छन ।