लगानीकर्तासँग भेट्दै अर्थमन्त्रीले भने, “पूँजी बजार सुधारका लागि पहल गर्नेछु”

262

काठमाडौं, १४ पुस । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारको सुधार र विकासको लागि आफूले सधैँ पहल गर्ने आश्वासन दिएका छन् ।

शेयर लगानिकर्ता संघ नेपालकाे टाेलिले अर्थमन्त्री पाैडेललाई भेटी सफल कार्यकालका लागि बधाई एवमं शुभकामना व्यक्त गरेका छन् । सो भेटमा लगानीकर्ताहरूले अर्थमन्त्री पौडेललाई पूँजी बजारका समसामाहिक विषयमा जानकारी गराएका थिए ।

सेयर लगानीकर्ता संघ नेपालको कार्यवाहक अध्यक्ष तारा फुल्लेल एवमं नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको अध्यक्षतामा गएको लगानीकर्ताहरूको टोलीले आज बिहीबार नवनियुक्त अर्थमन्त्री पौडेलसँग भेटेका हुन । उक्त भेटमा नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारको पनि उपस्थिती रहेको थियो ।