देवकीनन्दन कोइरालाको निधनले धार्मिक क्षेत्रलाई बनायो शोकमग्न

689

अनन्तप्रसाद घिमिरे/अर्घाखाँची ।  अर्घाखाँची जिल्ला पाणिनि-५,मैदानका धार्मिक अभियन्ताका रूपमा परिचित देवकी नन्दन कोइरालाको यहि पौष १६ गते निधन भएको छ ।

पछिल्लो समय स्वासप्रश्वास लगायत विभिन्न रोगहरुबाट ग्रसित कोइरालाको ९२ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौमा निधन भएको परिवार स्रोतले जनाएको छ । आफ्नो सम्पूर्ण जीवनलाई धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समर्पित गरेका कोइरालाको निधनले पाणिनि शोकमग्न बनेको छ । गाउँघरमा हुने धार्मिक कार्यहरुमा आचार्यको भुमिकामा रहि समाजलाई धर्म,सस्कारसग जोड्ने कार्यमा कोइरालाको योगदान अविस्मरणीय रहेको छ ।

लामो समय पाणिनि-५ कै भानु माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी लिदै अध्यापन गरि असल,इमानदार एवं कर्तव्यनिष्ठ शिक्षकका रुपमा समेत परिचित कोइरालालाई शैक्षिक व्यक्तित्त्वका रूपमा पनि पाणिनिले स्मरण गरिरहेको यहाँका स्थानीय व्यक्तिहरुको भनाइ रहेकोे छ ।

जीवनलाई सङ्घर्षको पर्यायका रुपमा लिदै आफुसग भएको अथाह ज्ञानलाई समाज रुपान्तरण अर्थात् सभ्य र आध्यात्मिक ज्ञानले भरिपुर्ण समाज रुपान्तरणका लागि खर्चिएका कोइरालाले पुर्‍याएको योगदान अविस्मरणीय रहेको मैदानवासीको भनाइ रहेको छ ।‍