प्रचण्ड-माधव समूहले २८ गते काठमाडौंमा फेरी शक्ति प्रदर्शन गर्ने

292

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल पक्षले फेरी आन्दोलन गर्ने भएको छ । संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडी बढाउँदै आएको उक्त पक्षले माघ २८ गते काठमाडौंमा फेरी प्रदर्शन गर्ने भएको हो ।

संसद् विघटनविरुद्ध संघर्षरत नेकपाको उक्त पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी १३ देखि २८ माघसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको कार्यक्रममा भनिएको छ, माघ १३ गते सिटी जुलुस, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ माघमा जुलुससहित सहिदहरूलाई श्रद्धाञ्जली दिने, २२ माघमा काठमाडौंमा युवा र्‍याली, २६ माघमा मसाल जुलुस र २८ माघमा काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेकपा प्रचण्ड माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।