अनेरास्ववियु र वर्तमान चुनौती

188
“अनेरास्ववियु” विद्यार्थी राजनिती र विश्वविद्यालयको पर्यायवाची नै हुन भन्दा फरक पर्दैन ।राजनीतिक आस्थाको रुपमा एमालेको विद्यार्थी संगठन जसले व्यवहारिक शिक्षा,प्राविधिक शिक्षा तथा शैक्षिक रुपान्तरणको विषयमा आफ्नो संघर्ष २०२२ ज्येष्ठ १ गते देखि अनवरत रुपमा वकालत गर्दै आएको छ ।
नेपालको विभिन्न विश्वविद्यालय तथा आंगिक क्याम्पस,सामुदायिक क्याम्पस र अन्य निजि क्याम्पसमा पनि विद्यार्थीहरुको हक हितको लागि विभिन्न किसिमका संघर्ष गर्दै आएको छ।नेपालको सबैभन्दा ठुलो विद्यार्थी आन्दोलनको एउटा संगठन जसले राज्य सत्ता परिवर्तन देखि राष्ट्रघाती सन्धि तथा विसंगतिका विरुद्धमा सशक्त र बुलन्द आवाज उठाउदै आएको छ। राजतन्त्रको अन्त्य र संघीय लोकतन्त्रिक गणतन्त्रको स्थापनाको लागि संगठनले ठुलो संघर्ष र योगदान पुर्‍याएको विद्मान अवस्थामा पनि प्रमाणहरु अङ्ग भङ्ग भएका संघर्षरत विद्यार्थीहरुबाट प्रष्ट हुन्छ।सम्पूर्ण देश भरि नै छरिएर रहेका विद्यार्थीहरुको साझा संगठनको रुपमा स्थापित भई सकेको छ अनेरास्ववियु ।
विद्यार्थीको बौद्धिक,शारीरिक,नैतिक एवं आत्मविश्वासको उत्थान र विकासको लागि क्रियाशील रहि विद्मान शिक्षा प्रणालीलाई खारेज गरि वैज्ञानिक,जनवादी,सर्वसुलभ र नि:शुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गराउन संघर्षशील रहि राष्ट्रिय स्वाधीनता र समाजिक मुत्तिको आन्दोलनलाई अघि बढाउने,सामन्त दलाल नोकरशाही पुजीवाद विस्तारवाद र सम्राज्यवाद विरुद्ध आन्दोलनलाई हाक्ने संवाहक हो। अनेरास्ववियु त्यो संगठन हो जुन विद्यार्थी आन्दोलनको वास्तविक विचारको नेतृत्व लिएको हुन्छ।राष्ट्रिय राजनीति र परिवर्तनको मुल स्रोत नै यस संगठनलाई मान्न सकिन्छ र क्याम्पसको शैक्षिक मुद्दा,सांगठनिक क्रियाकलाप,अन्यायको विरुद्ध विभिन्न समयमा आन्दोलन गर्ने प्रमुख नेतृत्व नै अनेरास्ववियुले समालेको हुन्छ।ब्यक्तिगत स्वार्थमा भन्दा माथि सांगठनिक हक हितका लागि विद्यार्थीलाई शैक्षिक हैसियत प्रदान गर्नको लागि तत्पर रहि रहने संगठन जुन समाजिक रुपान्तरणको लागि गतिशीलता र प्रगतिशिलताको आधार हो। नेपाल भरि नै आफ्नो वर्चस्व कायम गरि आफ्नो संगठन विस्तार गर्ने र शैक्षिक रुपान्तरणको लागि तत्पर रहने अनेरास्ववियु धेरैजसो क्याम्पसमा स्ववियु निर्वाचनमा समेत आफ्नो शक्ति प्राप्त गरेको इतिहास प्रमाण छ।विगत केहि वर्ष यता विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी राजनितीमा एउटा प्रश्नवाचक चिन्ह खडा भने भएको छ।शैक्षिक संघर्ष र विद्यार्थी राजनीति पर्यायवाची नै हुन। अनेरास्ववियुको नितिगत सिद्धान्त,सांगठनिक अवस्था र नेतृत्वको गतिविधिको बारेमा दिनानुदिन चुनौतीहरु खडा हुँदै छन् ।
विद्यार्थी राजनीति मर्यादित र सभ्य शैक्षिक विषय माथिको प्राज्ञिक बहस र सांगठनिक प्रशिक्षण जस्ता विषयमा चुकेको छ   । आपसी कलह,एजेन्डाहिन विषयमा प्रतिशोध,अनगिन्ती विसंगति र खराव विचारले चन्द्रमाको चुलि छोइसकेको अवस्था सिर्जना हुदा संगठनको अस्तित्व कायम नै रहिरहन सक्ला त?भन्ने एउटा महत्त्वपूर्ण प्रश्न हो ।
अनेरास्ववियु वास्तवमा वर्तमान अवस्थामा आफ्नो धरातलीय स्वरुपबाट विचलित भई राजनितीक गुटबन्दीले गर्दा नेतृत्व चयनमा प्रतिस्पर्धात्मक अर्थात निर्वाचन प्रणालीलाई अवलम्बन नगरी संगठनको जिम्मा दिदा वास्तविक मर्म अनुसारको संगठनले गतिविधि गर्न नसकेको प्रष्ट देखिन्छ।नेतृत्वमा बस्नेले नै आपसी रुपमा विना एजेन्डाका विषयमा आन्तरिक द्वन्द्व सिर्जना गर्ने र आफ्नो वर्चस्व कायम गर्न खोज्नाले प्रा.क मा नेतृत्व माथि प्रश्न उठाउने सक्ने आधार खडा भएका छन । विश्वविद्यालय स्तरमा हुनु पर्ने प्राज्ञिक बहस,समय सापेक्ष गतिविधि,संगठन विस्तार,नेतृत्व चयन र आवश्यक पृष्ठपोषणको अभाव त भएको होइन ?यो नेतृत्वमा बस्नेको लागि विचरणिय छ ।
क्याम्पस स्तरमा हुने स्वार्थनिहित अराजक गतिविधि,संगठनको आन्तरिक मतभेदले सिर्जना गरेको द्वन्द्वको शिकार विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी हुनु हुदैन।कुनै पनि अराजक तत्व माथि नेतृत्वले दिएको संरक्षण निन्दनीय रहनेछ र नियोजित तरिकाले गरिने संगठन माथिको प्रहारले नेतृत्वलाई कदापि भलो हुदैन।यसर्थ नेतृत्वले संगठन निर्माण र वैचारिक बहस,आधुनिक शैक्षिक जागरण जस्ता विषयमा बढी जोड दिन सक्ने हो भने संगठनको दीर्घकालीन अस्तित्व कायम रहन सक्छ।‍याएको विद्मान अवस्थामा पनि प्रमाणहरु अङ्ग भङ्ग भएका संघर्षरत विद्यार्थीहरुबाट प्रष्ट हुन्छ।सम्पूर्ण देश भरि नै छरिएर रहेका विद्यार्थीहरुको साझा संगठनको रुपमा स्थापित भई सकेको छ अनेरास्ववियु।विद्यार्थीको बौद्धिक,शारीरिक,नैतिक एवं आत्मविश्वासको उत्थान र विकासको लागि क्रियाशील रहि विद्मान शिक्षा प्रणालीलाई खारेज गरि वैज्ञानिक,जनवादी,सर्वसुलभ र नि:शुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गराउन संघर्षशील रहि राष्ट्रिय स्वाधीनता र समाजिक मुत्तिको आन्दोलनलाई अघि बढाउने,सामन्त दलाल नोकरशाही पुजीवाद विस्तारवाद र सम्राज्यवाद विरुद्ध आन्दोलनलाई हाक्ने संवाहक हो ।
अनेरास्ववियु त्यो संगठन हो जुन विद्यार्थी आन्दोलनको वास्तविक विचारको नेतृत्व लिएको हुन्छ।राष्ट्रिय राजनीति र परिवर्तनको मुल स्रोत नै यस संगठनलाई मान्न सकिन्छ र क्याम्पसको शैक्षिक मुद्दा,सांगठनिक क्रियाकलाप,अन्यायको विरुद्ध विभिन्न समयमा आन्दोलन गर्ने प्रमुख नेतृत्व नै अनेरास्ववियुले समालेको हुन्छ।ब्यक्तिगत स्वार्थमा भन्दा माथि सांगठनिक हक हितका लागि विद्यार्थीलाई शैक्षिक हैसियत प्रदान गर्नको लागि तत्पर रहि रहने संगठन जुन समाजिक रुपान्तरणको लागि गतिशीलता र प्रगतिशिलताको आधार हो। नेपाल भरि नै आफ्नो वर्चस्व कायम गरि आफ्नो संगठन विस्तार गर्ने र शैक्षिक रुपान्तरणको लागि तत्पर रहने अनेरास्ववियु धेरैजसो क्याम्पसमा स्ववियु निर्वाचनमा समेत आफ्नो शक्ति प्राप्त गरेको इतिहास प्रमाण छ।विगत केहि वर्ष यता विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी राजनितीमा एउटा प्रश्नवाचक चिन्ह खडा भने भएको छ।शैक्षिक संघर्ष र विद्यार्थी राजनीति पर्यायवाची नै हुन । अनेरास्ववियुको नितिगत सिद्धान्त,सांगठनिक अवस्था र नेतृत्वको गतिविधिको बारेमा दिनानुदिन चुनौतीहरु खडा हुँदै छन्।विद्यार्थी राजनीति मर्यादित र सभ्य शैक्षिक विषय माथिको प्राज्ञिक बहस र सांगठनिक प्रशिक्षण जस्ता विषयमा चुकेको छ।आपसी कलह,एजेन्डाहिन विषयमा प्रतिशोध,अनगिन्ती विसंगति र खराव विचारले चन्द्रमाको चुलि छोइसकेको अवस्था सिर्जना हुदा संगठनको अस्तित्व कायम नै रहिरहन सक्ला त?भन्ने एउटा महत्त्वपूर्ण प्रश्न हो। अनेरास्ववियु वास्तवमा वर्तमान अवस्थामा आफ्नो धरातलीय स्वरुपबाट विचलित भई राजनितीक गुटबन्दीले गर्दा नेतृत्व चयनमा प्रतिस्पर्धात्मक अर्थात निर्वाचन प्रणालीलाई अवलम्बन नगरी संगठनको जिम्मा दिदा वास्तविक मर्म अनुसारको संगठनले गतिविधि गर्न नसकेको प्रष्ट देखिन्छ।नेतृत्वमा बस्नेले नै आपसी रुपमा विना एजेन्डाका विषयमा आन्तरिक द्वन्द्व सिर्जना गर्ने र आफ्नो वर्चस्व कायम गर्न खोज्नाले प्रा.क मा नेतृत्व माथि प्रश्न उठाउने सक्ने आधार खडा भएका छन।विश्वविद्यालय स्तरमा हुनु पर्ने प्राज्ञिक बहस,समय सापेक्ष गतिविधि,संगठन विस्तार,नेतृत्व चयन र आवश्यक पृष्ठपोषणको अभाव त भएको होइन ?यो नेतृत्वमा बस्नेको लागि विचरणिय छ ।
क्याम्पस स्तरमा हुने स्वार्थनिहित अराजक गतिविधि,संगठनको आन्तरिक मतभेदले सिर्जना गरेको द्वन्द्वको शिकार विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी हुनु हुदैन।कुनै पनि अराजक तत्व माथि नेतृत्वले दिएको संरक्षण निन्दनीय रहनेछ र नियोजित तरिकाले गरिने संगठन माथिको प्रहारले नेतृत्वलाई कदापि भलो हुदैन । यसर्थ नेतृत्वले संगठन निर्माण र वैचारिक बहस,आधुनिक शैक्षिक जागरण जस्ता विषयमा बढी जोड दिन सक्ने हो भने संगठनको दीर्घकालीन अस्तित्व कायम रहन सक्छ । लेखक आरआर क्याम्पसका राजनिति शास्त्रका विद्यार्थि हुन् ।