पत्रकार केसीको उपचारका लागी पत्रकार महासंघ अर्घाखाँचीको ५० हजार सहयोग

284
फाईल तस्विरः पत्रकार नविन केसी । उहाँ अहिले काठमाडौंमा उपचाररत हुनुहुन्छ ।

हिन्दुखबर संवाददाता

पत्रकार नविन केसीको उपचारको लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले पचाँस हजार आर्थिक सहयोग गर्ने भएको छ । उक्त रकम भोलि विहान १० बजे पत्रकार केसीकी श्रीमति कोपिला आचार्यको खातामा दाखिला गरिने नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विनोद गैरेले बताउँनुभयो ।

त्यस्तै अर्घाखाँची सञ्चार सहकारीका शेयर सदस्य तथा रेडियो मालारानीका स्टेशन म्यानेजर पत्रकार नविन केसीको उपचारका लागी आर्थिक सहयोग गरिएको छ ।

आज बसेको बैठकले केसीको उपचारका लागी थोरै भएपनि सहयोग हुने उद्देश्यले १० हजार सहयोग गरेको अध्यक्ष देवेन्द्र कुबरले बताउँनुभयो । उपचारका लागी थोरै थोरै सहयोग जम्मा गरेर भएपछि सहज हुने भन्दै केसीको खातामा सहकारीले पैसा जम्मा गरिदिएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि केसीको काठमाडौंको हेम्स अस्पतालमा उपचार भईरहेको छ । केसीको पछिल्लो स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको पारिवारिक स्रोतले हिन्दुखबर डटकमलाई जनाएको छ ।