पालीको स्वास्थ्य चौकी बनाउँन पौडेल परिवारले दिए ३ रोपनी निःशुल्क जग्गा

803

घनश्याम पौडेल
अर्घाखाँची, २२ पुस । स्वास्थ्य चौकी, वडा कार्यालय लगाएतका भवन बनाउँन सरकारी रकममा जग्गा किन्न पाईदैँन् । वडाभित्रको पायक पर्ने क्षेत्रमा निशुल्क रुपमा जग्गा दान दिएका प्रशस्त उदाहरण पाईन्छन् । जग्गा अभावकै कारण स्वास्थ्य चौकी बन्न नसक्दा अर्घाखाँचीको पाणिनी ८ पालीमा स्वास्थ्य चौकीको आफनै पक्की राम्रो भवन छैन ।

जग्गा नहुँदा भवन बनाउँन समस्या भएको पालि स्वास्थ्य चौकीलाई पाणिनी–८ निवासी स्व. चेतनारायण पौडेलको सम्झनामा श्रीमती वेदकला पौडेल, ५ भाई छोराहरु क्रमशः डिल्लीराज पौडेल, विमलराज पौडेल, उमनाथ पौडेल, शुसिल पौडेल र माधव पौडेलले पाणिनी– ८ पालीमा रहेको घुम्ती–पाल्पा मोटरबाटो अन्र्तगत घर अगाडी रहेको ३ रोपनी जग्गा निशुल्क रुपमा दान दिएका छन् ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागी जग्गा अभाव भएको समस्या हट्दै पालिमा आगामी दुई आर्थिक वर्ष भित्रमा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने अपेक्षा स्थानियको छ । पाणिनीमा सबै वडामा स्वास्थ्य चौकीका आफनै भवन बन्न सकेका छैनन् । नेपाल सरकारको मापदण्ड अनुसारको स्वास्थ्य चौकी मैदान र अड्गुरीमा छन् । धातिवाङ्गमा निर्माणाधिन छ । सबै वडामा मापदण्ड अनुसारको स्वास्थ्य चौकी बनाउँन अझै केही समय लाग्नेछ ।