साथी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न

235

श्याम घिमिरे
अर्घाखाँची, २४ पुस । आर्थिक उन्नतीको सहयात्री ,तपाई हाम्रो सुःख–दुःखको साथी, भन्ने मुख्य नारा सहीत स्थापित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क –२ चुत्राबेसीको दशौं बार्षिक साधारण सभा सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पानसमा दिप प्रज्ववलनगरी उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख श्रेष्ठले सहकारीले उद्योग,व्यापार संगै कृषि र पशुपालनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढेमा सहकारीको ब्यापकता अझ बढ्ने भन्दै श्रेष्ठले स्थानिय स्तरमा उपलब्ध हुने स्रोत साधनको प्रयोगगरी बिभिन्न प्रकारका उद्योग सञ्चालन गर्ने र कृषिलाई आधुनिकिकरण गरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्ने बताउनुभयो । एक व्यक्ति, एक सहकारी भन्ने मान्यतालाई आत्मसाथ गरी अगाडी बढ्न सबै सदस्यलाई सुझाब दिदै श्रेष्ठले नगरपालीका सहकारीको बिकासकोलागी जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत प्रष्ट पार्नुभयो ।

संस्थाका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, बिमला केसीको स्वागत मनतब्य र केशब घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष भुसालले संस्थाको प्रगति प्रतिबेदन,प्रस्तावित कार्यक्रम निति तथा योजना र लेखा सुपरीवेक्षक विष्णु प्रसाद बन्जाडेले लेखा समितिको तर्फबाट तयार पारीएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा असल ऋृणी, असल बचत कर्ता, पत्रकार, जेष्ठ नागरीकहरु, संस्थाका उत्कृष्ट कर्मचारी र संस्थालाई बिशेष योगदानगर्ने सदस्यहरुलाई प्रमाणपत्र र नगद सहित खादा ओढाई सम्मान गरीएको थियो । कार्यक्रममा सन्धिखर्क ग्रिन ईङ्लिस बोर्डिङ् स्कुलमा अध्ययनरत बिद्यार्थी कलाकारहरूबाट नृत्य प्रदर्शन समेत गरिएको थियो ।

दश बर्षको समयमा दुई पटक डिभिजन सहकारी कार्यालय कपिलवस्तुबाट पुरस्कृत भएको साथी सहकारी हालसम्म आधा दर्जन भन्दा धेरै संघसंस्थाहरुबाट सम्मानित भएको जिल्लाको ठुलो र उत्कृष्ट संस्था मध्ये पर्दछ । हालसम्म संस्थामा ३२ सय २ जना शेयर सदस्य, करिब २० करोड पँुजी , १३ करोड ऋण लगानी र १५ करोड बचत रहेको संस्थाले जनाएको छ ।

पछिल्लो समय संस्थाको कार्य क्षेत्र बिस्तार भइ कपिलबस्तु, रुपन्देही र अर्घाखाँची गरी ३२ वटै पालीकामा कामगर्नको लागी सहकारीले अनुमति प्राप्त गरेको अध्यक्ष भुसालले बताउनुभयो । सहकारीले विभिन्न सामाजिक कार्यक्रम र रचनात्मक कामगरी केवल सदस्यको मात्र नभई जिल्लाकै मन जित्न सफल भएको छ ।

संस्थाले बिभिन्न चेतनामुलक कार्यक्रम, तालीम, छात्रबृत्ति बितरण, राहत बितरणलगायतका उल्लेखनिय गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको संस्था सञ्चालक समितिका सदस्य एवं ऋण उपसमिति संयोजक डिलाराम भुसालले बताउनुभयो ।