ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछि २५ पुसदेखि एकीकृत कारोबार हुने

238

काठमाडौं, २४ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भइ २५ पुसदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । दुबै बैंकको २३ मंसिरमा सम्पन्न वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

साधाराणसभाबाट मर्जर प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम स्वीकृति प्राप्त भएकाले मर्जर पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएको हो ।

साधारणसभाले ग्लोबल आइएमई बीओके नाम राख्ने प्रस्ताव पारित गरेको भएपनि मर्जपछि बन्ने नाममा बैंक भन्ने शब्द नभएको भन्दै राष्ट्र बैंकले असहमति जनाएपछि मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट नै एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

यस्तै एकीकृत कारोबार गर्नको लागि डाटा माइग्रेसन प्रयोजनका लागि २३ पुस शनिबार र २४ पुस आइतबार २ दिन ग्लोबल आइएमई बैंकको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द हुने जनाएको छ । यस अवधिमा ग्लोबल आइएमई बैंक लिमिटेडको मोबाइल/इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडि कार्ड, एटीएम, एजेण्टमार्फत हुने रेमिट्यान्स सेवा भने यथावत सञ्चालनमा रहने व्यहोरा समेत बैंकले जनाएको छ ।