शिवलाल पौडेल
काठमाडौं, १२ माघ । नेपाली काँग्रेसले अंसवैधानिक तथा अलोकतान्त्रिक प्रतिनिधीसभा विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ ।
माघ १६ गते शहिद दिवसको अवसरमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ द्धारा दिनको १ बजे शान्तिबाटीकामा प्रदर्शन गर्ने भएको छ । विरोध सभामा काँग्रेसका नेता कृष्ण सिटौला प्रमुख अतिथी रहनुहुनेछ ।
त्यस्तै युवा नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, युवानेता प्रदिप पौडेल, केन्द्रीय सदस्य भिमसेनदास प्रदान लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।