सिङ भाँचिएको तिल्केले हिंसा मच्चाउने धाक नदिए हुन्छः प्रधानमन्त्री ओली

329

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल कुलंघार र भस्मासुर भएको टीप्पणी गरेका छन् । दाङ लालमटीयामा सोमवार आयोजित भएको नेकपाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरु सिंङ‌ फुक्लेका तिल्के गोरुजस्तै भएको भन्दै उनीहरुको दम नभएको बताए ।

प्रचण्डमा अशान्ति मच्चाउने क्षमता र दम नरहेको दाबी गरे । उनले अहिलेको धम्की तिल्के गोरुले बहरसँग सिंगौरी नखेल्दासम्मको फाँ फू जस्तै भएको ओलीले बताए । सिङ भाँचिएको तिल्केले हिंसा मच्चाउने धाक नदिनका लागी प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन ।

अस्थिरता मच्चाउने त्यस्ता तत्वलाइ दण्डित गर्नुपर्ने र झुक्किएर पनि उनीहरुलाइ संसदमा नपठाउन उनको आग्रह छ । देश निर्वाचनमा गएको भन्दै उनले २०७८ बैसाख १७ र २७ गते चुनाव हुने दाबि गरेका छन ।

आफूले अशान्ति र अराजकता नचाहेको भन्ने तर अदालतले फैसला आफू अनुकुल गरेन भने नत्र‘भन्ने खालका भाषा प्रचण्डले प्रयोग गरेको भन्दै ओलीले अब अशान्ति मच्चाउने धम्कीको अर्थ नरहेको बताए ।