अर्घाखाँची, २८ पुस । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ नम्बर वडा घोचेखोला, काफलटारीमा रहेको ओमकारेश्वर शिव मन्दिर परिसरमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ ।
शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको पण्डित केशवराज आचार्यले हिन्दुखबरडटकमलाई जानकारी दिनुभयो ।
धार्मिक पर्यटक भित्राउने उद्देश्यले त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताउनुभयो । सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा साँझ बिहानदैनिक पूजा, श्रावण महिनाभर र शिवरात्रीको दिन विशेष पूजाआजा हुँदै आएको छ ।
त्रिशुल स्थापनाको सम्पूर्ण खर्च स्थानीय युवा समाजसेवी अर्जुन केसीले गर्नुभएको हो ।