घनश्याम पौडेल
अर्घाखाँची, ३० पुस । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १ र २ को संगमस्थल त्रिवेणीधाममा माघी मेला लाग्ने भएको छ ।
उद्योग वाणिज्य संघ अर्घाखाँचीको आयोजनामा हुन लागेको माघी मेलाको सहआयोजकको रुपमा जिल्ला स्थित कृषि ज्ञान केन्द्र, प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लगाएत रहेका छन् ।
मेलाको अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक सहयोगमा निःशुल्क कफि पिउने व्यवस्था गरिएको प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले पनि मेलामा ल्याउँने कृषिजन्य पर्दशनीलाई पुरस्कार दिने भएको छ । मेलाको तयारी तिव्र रहेको आयोजकले जनाएको छ।